शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वी युक्रेनमा हिंसा रोकिएन

सोमबार, ०५ भदौ २०७४, १७ : २८
सोमबार, ०५ भदौ २०७४

कीभ (युक्रेन) – युक्रेनका एकजना सरकारी अधिकारीको बिहीबार गोली हानी हत्या गरिएको समाचार छ । युक्रेनको रक्षा मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “रक्षा मन्त्रालयका एकजना अधिकारीको हत्या भएको छ, तर त्यसमा संलग्नको बारे केही खुलेको छैन । 


यसअघि पनि केही हप्तामात्र अघि यहाँका मुख्य गुप्तचर निर्देशक म्याक्सिम सापोभलको हत्या गरिएको थियो । उहाँलाई कार बम विस्फोटमा पारेर हत्या गरिएको थियो । 

सोमबार हत्या भएका ती अधिकारीको पहिचान खुलाइएको छैन । उनको हत्यामा यहाँ विद्रोह गरिरहेका सशस्त्र समूहको हात रहेको अनुमान गरिएको छ । 

हत्या उनको निवास रहेको युक्रेनी पूर्वीक्षेत्र डोन्टस्कमा गरिएको छ । महिनादिन यता नै उक्त क्षेत्रमा दुई जना गुप्तचर अधिकारी मारिएका छन् । 

युक्रेन सरकारले घटनालाई आतङ्कवादी हमला बताउँदै घटनाको अनुसन्धान भइरहेको जनाएको छ । युक्रेनी सञ्चार माध्यमले विभिन्न स्रोतलाई उद्धृत गर्दै पूर्वी युक्रेनमा भएको द्वन्द्वमा खटिएका अधिकारीको हत्या भएको जनाएका छन् । 

गत महिना युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले पूर्वी युक्रेनी भूभाग डोनेटस्क, लुगान्स्क क्षेत्रसहित डोन्बासमा तत्काकै युद्धविराम गरेर समस्याको समाधान वार्ताबाट थाल्न माग गर्नुभएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप