शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले बोलायो केन्द्रीय समिति बैठक

शनिबार, ०५ पुस २०७६, १६ : ३५
शनिबार, ०५ पुस २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । नेकपा नेता वर्षमान पुनले आगामी पुस २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए । नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक मिति तय गरेको हो । 

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय समिति रहेको छ । 

पार्टी एकतापछि पहिलो पटक एजेन्डामाथि छलफल गर्न  नेकपाले केन्द्रीय समितिको बैठक बोलाएको हो । 

केन्द्रीय कमिटीले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउनेलगायतको निर्णयको अनुमोदन पनि गर्नेछ । यसअघि नेकपा सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप