शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्वास गन्हाउने समस्या भएकालाई क्यान्सरको खतरा, यस्तो छ बच्ने उपाय

शनिबार, ०५ पुस २०७६, १३ : ३०
शनिबार, ०५ पुस २०७६

मुख हाम्रो महत्वपूर्ण अङ्ग हो । हाम्रो शरीरलाई आवश्यक खाना हामीले मुखबाट नै खाने गर्छौं । त्यसैले पनि मुख स्वास्थ्य महत्वपूर्ण अङ्गको रुपमा मानिन्छ ।

तर श्वास गन्हाउने समस्याले कतिपय मानिस विभिन्न सभासमारोहमा जान पनि हिच्किचाउनुपर्ने अवस्था गर्छन् । मुख तथा श्वास गन्हाउँदा अरुलाई पनि समस्या हुन्छ भने सम्बन्धित व्यक्तिलाई पनि झनै गाह्रो भइरहेको हुन्छ ।

श्वास तथा मुख किन गन्हाउँछ ? दाँत सफा गर्दा ध्यान दिनुपर्नेलगायत विषयमा दन्त रोग विषेशज्ञ डा. सुवास घिमिरेको सुझाव यस्तो छ । डा. घिमिरे ओम समाज डेण्टल अस्पतालका सञ्चालक समेत हुन् ।

श्वास गन्हाउनुको कारण

बिहान उठ्ने बित्तिकै ब्रस गरेन भने एक–दुई घण्टामै एक किसिमको ब्याक्टेरिया भरिँदै जान्छ । १२ घण्टाभित्र राम्रोसँग ब्रस गरिएन भने मुख गन्हाउन थाल्छ । दाँतको ५ भाग हुन्छ । हामी ब्रस गर्दा ३ भाग मात्रै गर्छौं । दाँतको ५ भाग राम्रोसँग सफा गर्न सकियो भने सामान्यतया १२ घण्टासम्म ब्रस नगर्दा पनि मुख गन्हाउने समस्या हुँदैन ।   

मुख हाम्रो महत्वपूर्ण अङ्ग हो, त्यसैले यसको राम्रोसँग ख्याल गर्नुपर्ने हुन्छ । दाँतको उपचार गर्दा जस्तै दाँत भर्दा, राखिएको नयाँ दाँतमा समस्या आउँदा मुख गन्हाउन सक्छ । सामान्यतया दिनको ३ पटकसम्म दाँत माझ्दा राम्रो हुन्छ ।

राम्रोसँग सरसफाई नगर्दा ब्याक्टेरियाको कारणले पनि श्वास गन्हाउँछ । ब्याक्टेरियाको घाउले किटाणु ‘सलफाइड’ उत्पादन गर्छ, त्यसले पनि मुख गन्हाउँछ । साथै मुख गन्हाउनुका अन्य कारण पनि हुन्छन् । जस्तै दाँत किरा लागेको छ भने त्यसमा खानेकुरा अड्किन्छ । अनि त्यसलाई सफा नगर्दा दाँतमा पसेर कुहिन्छ । दाँत सिधा पार्नको लागि तार प्रयोग गरेको छ भने पनि राम्रोसँग सफा नगर्दा श्वास गन्हाउने हुन्छ ।

क्यान्सर पनि हुनसक्छ

साथै मुखभित्र घाउखटिरा आएको छ, टन्सिल भएको छ वा क्यान्सर भएको छ भने पनि यस्ता समस्याले मुख गन्हाउने हुन्छ । मिर्गाैला, कलेजो, मुटुको समस्याका साथै पेटमा पनि समस्या छ भने मुख तथा श्वास गन्हाउने गर्दछ । अनियन्त्रित मधुमेह भएको व्यक्तिको श्वास तथा मुख गनाउने समस्या आउन सक्छ ।

तर यी कुनै पनि कारण छैनन् । मुख स्वास्थ्य अवस्थामा हुँदा पनि श्वास गन्हाउँछ भने क्यान्सर भएको हो कि भनेर अनुमान गर्नुपर्ने हुन्छ ।

गाउँघरमा दाँत सफा गर्नको लागि दतियोन, बाँस, माझिझारको प्रयोग गर्ने चलन छ । तर, यस्ता कुराले दाँत सफा हुँदैन । यस्ता कुराले दाँत माझ्दा दाँतको भित्रीको भाग माझिँदैन । दाँतको दुई भाग मात्रै माझेर सफा हुँदैन । त्यसकारण पनि मुख गन्हाउन सक्छ । दाँत माझ्दा ब्रसको अनिवार्य प्रयोग गर्नुपर्छ ।

दाँत किराले खाएर, गिजा सुनिने, रगत आउने, मुख गन्हाउने साथै अन्य मुखमा घाउखटिरको समस्या छ । प्रायः त्यही समस्या दोहोरिन्छ भने क्यान्सर हुन पनिसक्छ । सामान्य अवस्थामा पनि तपाईको श्वास गन्हाउने समस्या छ भने स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ ।

काचो प्याज सेवनपछि पनि हाम्रो मुख गन्हाउँछ । तर, यो गन्ध भने एकछिनमा हट्छ । श्वास तथा मुख गन्हाउने समस्या छ भने स्याउको सेवनले पनि कम गर्न सकिन्छ । स्याउले प्राकृतिक सफाइको काम गर्छ । साथै अन्य चपाउने खालका प्राकृतिक खानाले पनि दाँतको सफाइ गर्नुका साथै मुख स्वास्थ्यलाई फाइदा गर्छ ।

गाउँघरमा दाँत सफा गर्नको लागि दतियोन, बाँस, माझिझारको प्रयोग गर्ने चलन छ । तर, यस्ता कुराले दाँत सफा हुँदैन । यस्ता कुराले दाँत माझ्दा दाँतको भित्रीको भाग माझिँदैन । दाँतको दुई भाग मात्रै माझेर सफा हुँदैन । त्यसकारण पनि मुख गन्हाउन सक्छ । दाँत माझ्दा ब्रसको अनिवार्य प्रयोग गर्नुपर्छ ।

५ वर्षदेखि १७ वर्षको मानिसलाई डेन्टल संक्रमण हुन्छ भने मुटु सम्बन्धी रोग  पनि हुन सक्छ । अन्य रोगका विशेषज्ञहरुले पनि डेन्टल इन्फेक्सनले विभिन्न रोग लाग्न सक्छ भनेर चेतना फैलाउन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप