शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाथिर मोहम्मदले फेरि गरे भारतको आलोचना

शनिबार, ०५ पुस २०७६, १२ : १५
शनिबार, ०५ पुस २०७६

एजेन्सी । भारतमा नागरिकता संशोधन कानूनलाई लिएर विरोध प्रदर्शन चलिरहेको छ । यसबीच मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले यस विधेयकको आलोचनात्मक टिप्पणी गरेका छन् । 
शुक्रबार क्वालालामपुर सम्मेलनमा सहभागी हुने क्रममा महाथिरले नागरिकता संशोधन कानूनको आवश्यतामाथि नै प्रश्न उठाए । 

उनले भने ,‘विगत ७० वर्षदेखि मानिसहरु सँगसँगै बसिरहका थिए । अहिले आएर कानुनको आवश्यकता किन प¥यो ? यो कानुनको कारण मानिसहरु आफ्नो ज्यान गुमाइरहेका छन् । ७० वर्षदेखि सँगै बसिरहेका मानिसहरुलाई त एक–अर्काप्रति समस्या थिएन । फेरि किन ल्याइयो यो कानुन ?,’

भारत सरकारले महाथिर मोहम्मदको यो बयानप्रति कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले महाथिरद्वारा भारतको आन्तरिक मामिलामा टिप्पणी भएको आरोप लगाएको छ । 
महाथिले भने, ‘आफूलाई धर्मनिरपेक्ष भएको दावी गर्ने भारत अहिले मुसलमानहरुको नागरिकता खोस्ने कदम उठाइरहेको छ । यो देखेर म दुःखी भएको छु । मलेशियामा यस्तै कदम उठाइएको भए जताततै अस्थिरता र तोडफोड हुने थियो र जनजीवन पूर्णत प्रभावित हुने थियो ।’

महाथिरले कश्मिरमा धारा ३७० अन्त्य गरिँदा पनि भारतको आलोचना गरेका थिए ।  सेप्टेम्बर २४ मा संयुक्त राष्ट्र संघको महासभामा बोल्ने क्रममा महाथिरले, ‘भारतले कश्मिरलाई कब्जा गरेर राखेको’ टिप्पणी गरेका थिए । मलेशिया सरकारको उक्त भनाईमा भारत सरकारले कडा टिप्पणी व्यक्त गरेको थियो । 

कश्मिर मुद्दामा मलेशियाका प्रधानमन्त्री माथिरको समर्थनपछि महाथिर र पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सम्बन्धमा सुधार आएको बताइएको थियो । सुत्रका अनुसार पछिल्लो समय, भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएका हरेक घटनामा इमरनले महाथिर मोहम्मदलाई फोन गरेका छन् । 

अगस्ट पाँचमा जब भारतले जम्मू–कश्मीरको विशेष दर्जा अन्त्य गर्ने घोषणा ग¥यो , तब इमरानले समर्थनका लागि फोन गरेका राष्ट्रहरुमध्ये मलेशिया पनि एक थियो । फोन वार्तामा महाथिरले इमरानलाई समर्थन दिएका थिए । कश्मीर मामिलामा मलेशियाको शैलीबाट भारत निक्कै रुष्ट भएको थियो ।  जस कारण दुई देशको व्यापार सम्बन्ध नै प्रभावित हुन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप