शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन र कसरी हुन्छ हृदयघात ?

बिहीबार, ०३ पुस २०७६, २२ : २८
बिहीबार, ०३ पुस २०७६

मुटु त्यस्तो अंग हो, जुन अंग मान्छे जन्मे देखि नमरे सम्म अनवरत क्रियाशील रहन्छ । मुटुले फोक्सोमा शुद्ध भई तथा अक्सिजन ग्रहण गरि आएको रगतलाई पम्प गरेर रक्तवाहिनी नली– नशाहरुका मार्फत् शरीरभरि नै पु¥याउने काम गर्छ । वास्तवमा, मुटुमा दुईवटा पम्प हुन्छन् । ती मध्ये एउटा पम्पले अक्सिजन ग्रहण गर्नका लागि फोक्सोमा रगत पठाउने काम गर्छ भने अर्को पम्मले चाहिँ सारा शरीरभरि नै शुद्ध रगत पठाउने काम गर्छ । एउटा वयस्क मान्छेको शरीरमा ५–६ लिटर रगत हुन्छ त्यो रगत दिनभरिमा मुटुबाट हाम्रो शरीमा करिब दुई हजार पटक परिभ्रमन गर्छ ।

त्यसरी मुटुले पम्प गरेको रगतबाट हाम्रा शरीरका कोषहरुले अक्सिजन तथा पोषक तत्वप्राप्त गर्छ । त्यसरी अक्सिजन तथा पोषक तत्वहरु नपाउने हो भने हाम्रो शरीरका कोषहरु भकाभक मर्न थाल्छन् ।

मुटुले शुद्ध रगतलाई पम्प गरेर शरीरका अन्य अंगहरुमा त पु¥याउँछ नै, त्यसका साथसाथै मुटुकै मांसपेशीहरुभित्र पनि रगत सञ्चार हुनु अति जरुरी छ । मुटुका मांसपेशीहरुमा रगत पु¥याउने काम त्यहाँ रहेका रक्तवाहिनी नलिहरु– अर्थात् हृदयधमनीको बाटो भएर हुन्छ । तर यी धमनीहरुमध्ये कुनैमा पनि कुनै पनि कारणले रोकावट पैदा भयो भने, मुटुमा अक्सिजन तथा पोषक तत्वहरु पुग्न पाउदैनन् फलतः सामन्य रोकावटका स्थितिकमा मुटु दुख्न थाल्छ । तर यदि धेरै धमनीमा रगत जाम वा रोकावट भएको हो भने त अक्सिजन तथा पोषक तत्व पुग्न नसकेको मुटुको भाग मर्न थाल्छ । यस्तो अवस्थामा अत्यन्तै  तीब्र पीडा हुन्छ र मुटुले शरीरभरि नै रगत पम्प गर्ने काम राम्ररी गर्न सक्दैन । त्यसरी मुटुको भाग मर्नुलाई नै हृदयघात भनिन्छ ।

मुटुको धमनीमा रोकावट चाहिँ कसरी पैदा हुन्छ ?

जब मुटुको धमनीको भित्री भागमा बोसो वा अन्य पदार्थहरु जम्मा हुन थाल्छ, त्यसले धमनी मोटो तथा भित्रबाट साँघुरो बन्न थाल्छ । त्यसरी साँघुरो भएको धमनीमा जब रगत बग्छ, त्यस अवस्थामा रगत र धमनीको भित्ताबीचको रगडाइले त्यहाँ रगतको ढिक्का समेत जम्न सक्छ । त्यसरी जमेको रगतको ढिक्काले धमनीमा रगत बग्ने कामलाई पुरै रोकिदिन सक्छ । कसै कसैमा चाहिँ बोसोले नै धमनीको भित्री नलीलाई पूरै टाली दिन सक्छ । यसरी धमनीमा रगत बग्ने पूरै रोकिँदा कहिलेकाही मुटुले नै धड्किन छोड्न सक्छ । यस्तो स्थितिलाई हृदयस्तम्भन भनिन्छ ।

हृदयघातको समस्या विशेष गरी चिप्लो, तैलिया पदार्थ, मासु खानेहरुलाई तथा आवश्यकताभन्दा बढी मोटाघाटा व्यक्तिहरुलाई हुने गरेको पाइन्छ । आज भन्दा १५–२० साल पहिलेसम्म त यो रोगले धेरैजनाको ज्यान लिने गथ्र्यो । तर आजभोलि चिकित्सा विज्ञानले गरेको उन्नतिको कारण हृदयघात भईहाल्यो भने पनि  तत्काल उपचार प्राप्त गर्न सक्ने सम्भावना बेसी रहन्छ । यसले गर्दा आजभोलि विकसित देशहरुमा हृदयघातबाट मर्नेहरुको संख्यामा ज्यादै कमी आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप