शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् त्रिविको ४५ औं दीक्षान्त समारोह

बिहीबार, ०३ पुस २०७६, १५ : ४७
बिहीबार, ०३ पुस २०७६

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५ औं दीक्षान्त समारोहमा आज आयोजना गरिएको छ । समारोहमा १० हजार १८४ विद्यार्थी दीक्षित भएका छन् ।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक दीक्षान्तमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८४ विद्यार्थीले मात्र फारम भरेका छन् ।

गत वर्ष पनि ७४ हजार २ सय ८६ विद्यार्थी योग्य भए पनि ९ हजार ५ सय २० जनाले फाराम भरेका थिए ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक–पुरस्कार समेत प्रदान गरिएको छ ।

 त्रिविले कीर्तिपुर र कहिले दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त ३–४ वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमै हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप