बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१० वर्षसम्म मेकअपले ढाकिन् वास्तविकता, जब कपडाले पुछिन् देखियो यस्तो रुप

सोमबार, ०५ भदौ २०७४, १५ : ५५
सोमबार, ०५ भदौ २०७४

केही रोगले मानिसलाई भित्रैदेखि तोडेको हुन्छ । तर केही यस्ता मानिसहरु हुन्छन् जो हिम्मत हार्नुको साटो रोगसँग प्रतिस्पर्धा गर्दछन् र संसारसामू बलियोसँग उभिएका हुन्छन् । यसैको एक उदाहरण हुन् २१ वर्षीया मारियाहा पार्किन्स । ११ वर्षको उमेरमा उनले आफ्नो छालामा अचम्मको निशाना देखेकी थिइन् । मारियाहालाई विटिलिगो थियो । तर त्यतिबेला संसारको सामना गर्नुको साटो उनले मेकअपमार्फत ती निशानालाई छोप्ने निर्णय गरिन् ।

मेकअप गरेर स्कूल जान्थिन् मारियाहाः

सुरुवातमा मारियाह र उनकी आमाले ती निशानालाई बेवास्ता गरे । तर बिस्तारै उनको रोग शरिरभरी फैलिन थाल्यो । किशारावस्थामा मारियाहा बाहिर घुम्नुको साटो घरभित्र नै आफूलाई लुकाएर राख्थिन् । उनी घाममा जान डराउँथिन् । बाहिर जानुभन्दा अघि सधैं ४५ मिनेट मेकअप गरेर सबै दाग छोप्थिन् । स्कूलमा मारियाह एक्ली किशोरी थिइन् जो मेकअप गरेर पढ्न जान्थिन् । मारियाहको शरिरमा सेतो दाग उनको हात, खुट्टा, पेट र अनुहारसम्म फैलिएको थियो । तर जब मारियाह कलेज पुगिन् तब उनलाई महसुस भयो कि उनलाई मानिसहरुले उनको रोग देख्दादेख्दै पनि अपनाइरहेका छन् । साथी र परिवारको सहयोगपछि मारियाहले पहिलोपटक बिना मेकअप मानिसहरुको अगाडि आउने निर्णय गरिन् ।

टेलिभिजन कार्यक्रममा सबैको सामुन्ने हटाइन् मेकअपः

मारियाहले पछिल्लो वर्ष टीएलसीको एक कार्यक्रममा आफ्नो जीवनबारे बताइन् । जसमा उक्त रोगका कारण उनको जीवनमा आएका सबै मुश्किल पनि समावेश थिए । रोगका कारण आफू मानिसहरुको अगाडि जान डराउने गरेको उनले बताइन् । तर उनले उक्त कार्यक्रममा सबैको अगाडि टिश्यू पेपरले आफ्नो मेकअप हटाइन् र मानिसहरुलाई आफ्नो वास्तविक अनुहार देखाइन् । अब मारियाह निकै आत्मविश्वासी महसुस गर्छिन् र विटिलिगोबाट प्रभावित अन्य मानिसहरुलाई संसारको सामना गर्न प्रेरणा दिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप