बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उच्च अदालतबाट थुनामुक्त होलान् कृष्णबहादुर महरा ?

बिहीबार, ०३ पुस २०७६, १३ : ०५
बिहीबार, ०३ पुस २०७६

काठमाडौ । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ । जर्वजस्ती बलात्कार प्रयास आरोपमा आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौँको निर्णयविरूद्ध महराले पुनरावेदन गरेका थिए ।

उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेका हुन् ।

महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश बदर माग गरेका थिए ।

यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो ।

बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने अथवा बदर गर्नेमध्ये एक निर्णय गर्ने छ । उच्च अदालतले जिल्लाको फैसला उल्ट्याए महरा थुनामुक्त हुने छन् भने सदर गरे थुनामै रहनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप