शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्स विजयी

बिहीबार, ०३ पुस २०७६, ०८ : ४३
बिहीबार, ०३ पुस २०७६

सुपरस्टार क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलसँगै युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले साम्पोडोरियालाई उसैको मैदानमा २–१ गोलले हरायो ।

युभेन्ट्सको जितमा रोनाल्डोसँगै पाउलो डिबालाले गोल गरे । घरेलु टोली साम्पोडोरियाका जियानलुका कापरारीले एक गोल फर्काएका थिए । १९औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । उनले एलेक्स सान्द्रोको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा जियानलुका कापरारीले गोलगर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

४५औं मिनेटमा रोनाल्डोले गरेको गोल युभेन्ट्सका लागि निर्णायक बन्यो । रोनाल्डोले एलेक्स सान्द्रोकै पासमा गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा युभेन्ट्सले बाजी मारेको हो । जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले १७ खेलबाट ४२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३९ अंक छ । इन्टरले एक खेल कम खेलेको छ । युभेन्ट्ससँग पराजित साम्पडोरिया १५ अंक सहित १७औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्को खेलमा ससौलोले ब्रेसियालाई २–१ गोलले पराजित गरेको छ । जितसँगै १९ अंक बनाएको ससौलो ११औं स्थानमा छ । १३ अंक बनाएको ब्रेसियाले रेलिगेसन छल्न सकेको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप