शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा र राजपाबीचको सहमतिले समाजवादीलाई धक्का, हिसिलाको सपना चकनाचुर

बुधबार, ०२ पुस २०७६, २१ : ३५
बुधबार, ०२ पुस २०७६

काठमाडौ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुई बुँदे सहमतिले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ । राष्ट्रिय सभामा रिक्त हुने चार सीटमा समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने तयारी गरिरहेको थियो । त्यसका लागि समाजवादीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एकचरण कुराकानी पनि गरिसेका थिए ।

अध्यक्ष प्रचण्डले राष्ट्रसभामा तालेमल गर्ने आवश्वासन पनि दिएका थिए । प्रचण्डले ‘त्यसका लागि पछि छलफल गरौला’ उनीहरुलाई उनले भनेका थिए ।प्रचण्डसँग छलफल गरेर उपेन्द्र यादव बंगलादेशको भ्रमणमा निस्के । उनी उता उडेपछि यता अर्कै खिचरी पाक्न थाल्यो । 

त्यति मात्र होइन, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोसँग पनि यो कुरा राखेका थिए । यादवले राष्ट्रिय सभाको चुनावमा आफूहरुले नेकपासँग तालमेल गर्न लागेको र तपाईँहरु के गर्नुहुन्छ गर्नुस् भनि कुरा राखेका थिए । त्यसले संयोजक महतोलाई निकै पिरोलिएको थियो ।

एकीकरणको कुरा आफूहरुसँग गर्ने र चुनावी तालमेल नेकपासँग गर्ने यो सहयीय हुँदैन भनि महतोले आफ्नो ध्यान नेकपातिर सोझ्याएको राजपा नेपालका अध्यक्षमण्डलका एक सदस्यले बताए । नेकपाका अर्का आध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कानसम्म यो कुरा पुग्यो । उनले आफ्ना पक्षका नेताहरुलाई राजपा नेपालका नेताहररुसँग कुरा गर्न लगाएका थिए ।

प्रधानमन्त्री ओली त्यतिकै पनि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मन पराई रहेका थिएनन् । बालुवाटार स्रोतले भन्यो, ‘राजपा नेपालका नेताहरुसँग कुरा गरेपछि तत्कालै छलफल गर्ने कुरा तय भयो । बैठक बस्नुअघि नै सहमतिपत्र तयार भइसकेको थियो । धेरै लामो छलफल पनि भएन । एजेण्डामा प्रवेश गर्यो । उता प्रधानमन्त्री ओली पनि तयार थिए, यता राजपा नेपालका नेताहरु पनि भित्रैदेखि तयारी भएर आएका थिए ।’
प्रचण्डलाई लाग्यो यो के भइरहेको छ, किन यतिको हतार भन्दै उनले छलफल टार्न पनि खोजेका थिए । बालुवाटार स्रोत भन्छ, ‘प्रचण्डका इच्छा आज छलफल नटुगिंयोस् भनि भित्रि चाहना थियो तर प्रधानमन्त्री ओली र राजपा नेपालका नेताहरु माइण्ड मेकअप गरेर आएका हुनाले तुरुन्तै तुरुन्तै कामभयो ।’

हिसिलालाई राष्ट्रियसभा सदस्य 

समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारबाट हट्न दवाव दिएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभामा हिसिला यमीलाई सदस्य बनाउने वचन दिएका थिए । 
पार्टीलाई सरकारबाट बाहिरिने दवाव नदिनुस् भन्दै हिसिला यमीलाई राष्ट्रियसभाका सदस्य बनाउने आफूले प्रयास गर्ने पनि अध्यक्ष भट्टराईलाई वचन दिएका थिए । र, सोही आधारमा दुवैजना अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रियसभामा सिटको तालमेल गर्ने कुराकानी गरेका थिए ।

तर नेकपा र राजपा नेपालको यो सहमतिले अब हिसिला यमीलाई राष्ट्रियसभाको सदस्य बनाउने सपना चकनाचुर भएको छ । उपचुनावमा राजपा नेपालले समाजवादी पार्टीसँग तालमेल गर्न आग्रह गरेको थियो । तर, सो पार्टीले कुनै वास्ता गरेन । समाजवादी पार्टीले पार्टी एकीकरणको कुरा गरे पनि व्यवहारमा नदेखाएको गुनासो राजपा नेपालका नेताहरुको रहेको छ । 

त्यही भएर राष्ट्रियसभाको निर्वाचनमा समाजवादी पार्टीको बाटो नपर्खेर नेकपासँग तालमेलको लागि हात बढाएको ती दलका नेताहरु बताउछन् ।

प्रदेश सरकार परिवर्तन

नेकपा र राजपाको सहकार्य यतिमा मात्र रोकिने छैन । प्रदेश २ को सरकार पनि मिलेर बनाउने आन्तरिक सहमति गरेको छ । राजपा नेपालका एकजना महासचिवले भने, ‘फागुनसम्ममा नेकपा र राजपा नेपालको संयुक्त सरकार बन्छ ।’

संघीय सरकारमा पनि कतै न कतै राजपा नेपालको सहभागिता हुन्छ भने उता प्रदेश २ मा अविश्वासका प्रस्ताव ल्याएर समाजवादी पार्टीका मुख्यमन्त्रीलाई हटाएर नेकपा र राजपा नेपालमध्येबाट मुख्यमन्त्री बनाउने आन्तरिक सहमति भएको स्रोतले जनाएको छ । 

प्रधानमन्त्री ओली संविधान संशोधनका लागि पनि लचिलो भएका छन् । अगामी दिनमा वार्ता र संवादमार्फत यसलाई अगाडि बढाउन कुराकानी भइरहेको स्रोतले जनाएको छ ।

तर समाजवादी पार्टीले नेकपा–राजपाबीचको सहमतिलाई दोहोरो चरित्रको संज्ञा दिएको छ । समाजवादी पार्टीका प्रचार विभागका प्रमुख प्रशान्त सिंहले रातोपाटीसँग कुरा गर्दै भने ‘यो चुनावमा सबैसँग ट्याक्टिकल कुरा भइरहेको थियो । यसलाई ठूलो कुरा मानिदैन । लोजिकल रुपमा हामीलाई गाली गर्ने राजपाले सत्तारुढ दलसँगै २ बुँदे सहमति गरेर दाहोरो चरित्र देखायो ।’

उनले आफ्नो पार्टीले पनि विभिन्न पार्टीसँग माघ ९ गते हुने चुनावमा लागि सहकार्य गर्न छलफल गरिरहका उनले बताए । राष्ट्रियसभाको सदस्यमा हिसिला यमी वा कसैलाई पठाउने बारेमा कुनै कुराकानी नभएको बताउँदै उनले व्यक्रि गौन कुरा हो मुख्य पार्टीको नीति रहको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप