बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चित्रबहादुरको प्रश्न : प्रधानमन्त्री भएपछि ओहदाको प्रमाणपत्र बुझाउन दिल्ली नै जानुपर्ने ?

सोमबार, ०५ भदौ २०७४, १७ : ११
सोमबार, ०५ भदौ २०७४

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो भ्रमणको गन्तव्य भारत नै किन हुनुपर्ने भन्दै प्रश्न उठाएका छन् । 
व्यवस्थापिका संसद बैठकको विशेष समयमा बोल्दै केसीले अन्य देशको साटो प्रधानमन्त्रीले भारतकै पहिलो भ्रमण गर्नुले नेपाल अझै अर्धऔपनिवेशीक अवस्थामा रहेको पुष्टि भएको बताएका हुन् ।

‘के प्रधानमन्त्री भएपछि भारत नै पहिला जानुपर्ने ? अमेरिका, जापान, चीन वा अन्य देश जानुहुँदैन ?,’ केसीले प्रश्न गरे, ‘के यसरी यो देश स्वतन्त्र मानिन्छ ?’

‘भारत त जानै पर्यो, आखिर प्रधानमन्त्री भएपछि सबैभन्दा पहिले दिल्लीमा ओहदाको प्रमाणपत्र बुझाउने चलन जो छ । चाहे जो प्रधानमन्त्री होस्,’ उनले थपे ।

देशमा संकटमा रहेको बेला, भूकम्पपीडित र बाढीपीडितलाई राहत दिन असफल भइरहेको बेला प्रधानमन्त्रीको भ्रमणको औचित्य नरहेको पनि उनको जिकिर थियो ।

उनले भारतले अवैधानिक रुपमा निर्माण गरेको बाँधका तराई जलमग्न भएको बताउँदै भ्रमणका बेला प्रधानमन्त्रीले भारतीय पक्षसँग बाँधको विषय उठाउन सक्छन् कि सक्दैनन् भनेर प्रश्न समेत गरे ।

‘नेपाल जलमग्न छ । कोशीको बाँधको साँचो भने दिल्लीमा । हाम्रो परराष्ट्र मन्त्रीले साँचो दिनुहोस् भनेर दिल्लीमा अनुनय गर्नुपर्ने,’ उनले भने, ‘हाम्रो स्रोतमाथि अरुले तजबिज गर्नुपर्ने ? यो देख्दा हामीलाई आत्मग्लानी हुँदैन ?’

नेता केसीले गणतन्त्र स्थापना पछि भ्रष्टाचार मौलाएको बताउँदै गणतन्त्रण ल्यायौँ भनेर गर्व गर्ने दलहरुले यसको जवाफ दिनुपर्ने माग गरे ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप