भारतमा आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री मोदीको फेरि यस्तो आह्वान
एजेन्सी । भारतका विभिन्न शहरहरुमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गरेका छन् । भारतमा पछिल्ला केही दिन यता नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।
ती प्रदर्शनहरु चर्किँदै गएपछि प्रधानमन्त्री मोदीले सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । बुधबार राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उनले सो आग्रह गरेका हुन् । मङ्गलबार साँझ पनि भारतीय जनताका नाममा सम्बोधन गरेर सो आग्रह गरेका प्रधानमन्त्री मोदीले बुधबार पनि सबैलाई आन्दोलन नचर्काउन र सबैलाई शान्त रहन आग्रह गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
उनले नागरिकताको संशोधनको विषयलाई लिएर आन्दोलन र कुनै पनि किसीमको राजनीति बन्द गर्न आग्रह गर्नुभएको बुधबार दिल्लीबाट प्राप्त भएको समाचारमा जनाइएको छ । भारतीय प्रधानमन्त्री मोदीले सरकारले ल्याएको नागरिकतासम्बन्धी उक्त नयाँ कानूनको बचाउ गर्दै त्यस कानूनमा सोचविचार गरेर नै संशोधन गरिएको बताए ।
उनले भारतका विभिन्न शहरमा जारी रहेको आन्दोलनलाई ‘गुरिल्ला’ राजनीति भनी टिप्पणी गरेका छन् । संशोधनपछि आएको नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम वङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा विरोध प्रदर्शनहरु भएका छन् ।
दशौँ हजारको संख्यामा भारतीय मुसलमान समुदायका नागरिकको सहभागितामा केही दिनदेखि प्रदर्शन जारी राखिएको बताइएको छ । राजधानी नयाँ दिल्लीमा पनि मङ्गलबार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीले मङ्गलबार साँझ टेलिभिजनबाट सम्बोधन गरी देशमा शान्ति कायम राख्न आग्रह गरेका थिए ।
बुधबार पनि उनले संशोधित नागरिकतासम्बन्धी कानूनबाट कोही पनि भारतीय नागरिक डराउनुपर्ने अवस्था नरहेको भन्दै उक्त कानूनको बचाउ गर्दै नागरिकलाई शान्तिपूर्ण रुपमा रहन र आन्दोलन नगर्न आग्रह गर्नुभएको जनाइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा