शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

परमाणु बम हमलामा बचेका दुई भवनलाई किन भत्काउन चाहन्छ जापान ?

बुधबार, ०२ पुस २०७६, ०९ : २९
बुधबार, ०२ पुस २०७६

सन् १९४५ को परमाणु हमलामा पनि नढलेका दुई भवन जापानको हिरोशिमा शहरले भत्काउने योजना बनाइरहेको छ । यद्यपि, केही स्थानीयले त्यसलाई ऐतिहासिक धरोहरको रुपमा बचाइराख्नुपर्ने बताएका छन् ।

सन् १९१३ मा निर्मित यी दुई भवनलाई सेनाले कपडा बनाउने कारखानाको रुपमा गरेका थिए । त्यसपछि यसलाई होस्टेल बनाइयो जहाँ युनिभर्सिटीका विद्यार्थी बस्दथे ।

परमाणु हमलापछि यी दुई भवनको प्रयोग एक अस्थायी अस्पतालको रुपमा पनि गरिएको थियो ।

हमला झेलिसकेका एक व्यक्तिले भने, ‘यिनीहरु (भवन) को प्रयोग परमाणु हतियारको उन्मूलनको उद्देश्यसहित प्रयोग गर्न सकिन्छ ।’

परमाणु बम हमलामा करिब ८० हजार व्यक्ति मारिएका थिए र करिब २५ हजार व्यक्ति घाइते भएका थिए ।

Photo: Getty Image

बम हमलाले शहरका अधिकांश भागलाई आफ्नो चपेटमा पारेको थियो ।

जुन भवनलाई भत्काउने योजना बनाइँदै छ, त्यो यसकारण हमलाबाट बचेको थियो किनभने यसको निर्माण गर्दा स्टिल प्रयोग गरिएको थियो ।

बम हमलामा यी भवनका झ्याल ढोका क्षतीग्रीत भएका थिए जुन अहिले पनि देख्न सकिन्छ ।

यी भवन आज जापान सरकारको अधीनमा छ र सन् २०१७ मा शक्तिशाली भूकम्पको झट्का आउँदा यो भवन भत्कन सक्ने स्थिती भएको अधिकारीले पाए ।

यी भवन अहिले खाली छन् र मानिसहरुलाई यो वरिपरि जान रोक लगाइएको छ । स्थानीय सरकारले सन् २०२२ सम्म यी भवन भत्काइसक्ने निर्णय गरेको छ ।

उक्त स्थानमा अर्को तेस्रो भवन पनि छ जसलाई सरकारले संरक्षण गर्ने निर्णय लिएको छ । यो भवनका भित्ता र छतको मर्मत गरिने र भूकम्पबाट बचाउनका लागि आवश्यक उपाय अपनाइने बताइएको छ ।

 

Photo: Getty Image

ऐतिहासिक महत्वः

सन् १९४५ मा जब अमेरिकाले जापानमाथि परमाणु हमला गरेको थियो तब इवाओ नकानिशी यीमध्ये एक भवनमा बस्ने गर्दथे ।

८९ वर्षका नाकानिशी अब त्यो समूहको नेतृत्व गरिरहेका छन् जो यी भवनलाई बचाउनुपर्ने माग राखिरहेका छन् ।

स्थानीय पत्रिकासँग कुरा गर्दै उनले भनिन्, ‘यी भवनको ऐतिहासिक महत्व छ । भावी पीढिलाई त्रासदी बताउनका लागि यी भवनको प्रयोग गर्न सकिन्छ । हामी कुनै पनि अवस्थामा यसको विनासलाई स्विकार गर्न सक्दैनौं । हामी यो निर्णयको विरोध गर्छौं ।’

नाकानिशीले भवनको प्रयोग ‘परमाणु हतियारको उन्मुलन’ लाई बढावा दिने उद्देश्यसहित गर्न सकिन्छ ।

हालका केही वर्षदेखि यो बन्द छ । यद्यपि, स्थानीय प्रशासनले चाहेको खण्डमा यहाँ मानिसहरु जान सक्छन् ।

यी भवनको यात्रा गरिसकेका ६९ वर्षका एक व्यक्तिले स्थानीय पत्रिकालाई भने, ‘यी मूल्यवान भवन हुन् जसले हामीलाई परमाणु बमको विध्वंसबारे जानकारी दिन्छ । पहिलो पटक ती भवन हेरेपछि  दृढतापूर्वक मैले यो महसुस गरेको छु, त्यसकारण म यो चाहन्छु कि ती सबैलाई बचाइयोस् ।’

शहरको पिस मेमोरियल पार्क परमाणु हमलाको सबैभन्दा प्रसिद्ध खण्डहर हो । यसलाई युनेस्कोको विश्व सम्पदामा समावेश गरिएको छ । भुकम्परोधी बनाउनका लागि यसको मर्मत गरिएको थियो ।

Photo: Getty Image

हिरोशिमामा के भएको थियो ?

सन् १९४५ को मे मा जर्मनीले आत्मसमर्पण गरेपछि जापानले एशियामा युद्ध जारी राखेको थियो ।

अमेरिकाले शान्ति स्थापनाका लागि जापानलाई अल्टिमेटम दिएको थियो जसलाई उसले खारेज गरेको थियो । अमेरिकाले परमाणु बम खसालेपछि जापानले तुरुन्त आत्मसमर्पण गर्ने अनुमान गरेको थियो ।

त्यसकारण अमेरिकाले पहिलो बम हमला हिरोशिमामा गर्यो जसमा करिब ८० हजार व्यक्तिको तत्काल मृत्यु भएको थियो । बम धमाकामा यति तापमान थियो कि मानिसहरु सिधै जलेका थिए ।

त्यसपछि हज्जारौं व्यक्तिहरुको परमाणु विकिरणसँग सम्बन्धित रोगका कारण मृत्यु भयो । जम्माजम्मी करिब १.४० लाख व्यक्तिको मत्यु भएको थियो ।

कुनै युद्धमा परमाणु बमको प्रयोग यो पहिलो घटना थियो ।

जब जापानले आत्मसमर्पण गरेन तब अमेरिकी सेनाले नागासाकीमाथि तीन दिनपछि दोस्रो बम खसाल्यो ।

जापानले ६ दिनपछि आत्मसमर्पण गर्यो र यसका साथै दोस्रो विश्वयुद्ध आधिकारिक रुपमा समाप्त भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप