शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता

सोमबार, ०५ भदौ २०७४, १३ : १४
सोमबार, ०५ भदौ २०७४

विराटनगर । मोरङमा एकासी हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । 

फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत भदौ ३ गतेसम्म ८१ हजार ८६२ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । 

सोमध्ये ४१ हजार ४७८ महिला, ४० हजार ३८३ पुरुष र एक तेस्रो लिङ्गी रहेको कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए। 

भदौ ३ गतेसम्मका लागि अवधि थप गरिएपछि २० हजार ९८७ मतदाता थपिएको हो । 

मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकामा फोटोसहितको नामावली संकलनका लागि प्राविधिकसहितको टोली विभिन्न ठाउँ खटेर नामावली संकलन गरेका थिए । रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप