शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जलेश्वर–जनकपुर सडकखण्ड १० दिनदेखि अवरुद्ध

सोमबार, ०५ भदौ २०७४, १३ : ०७
सोमबार, ०५ भदौ २०७४

गौशाला । महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड १० दिनदेखि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको छ । 

जिल्लाकै प्रमुख सडकखण्ड अविरल वर्षाका कारण आएको भीषण बाढीबाट गत शनिबार क्षतिग्रस्त भएपछि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको छ । 

जलेश्वर–जनकपुर सडकखण्डको आधा दर्जन बढी ठाउँमा बाढीले बाटो बगाएको तथा सो सडकखण्डको पर्सा र पिपरा बीचमा यातायात नै सञ्चालन हुन नसक्ने गरी बाटो कटान गरेका कारण आज १० दिनदेखि जलेश्वर–जनकपुर यातायात अवरुद्ध रहेको छ । 

जिल्लाकै मुख्य सडकका रुपमा रहेको यस सडकखण्ड अवरुद्ध हुँदा जिल्लाका दैनिक यातायात प्रभावित हुनाका साथै जिल्लावासीले आकस्मिक सेवाबाट वञ्चित भएका छन् । 

दुई दिनदेखि सो सडकखण्डमा पर्सा वारि र पिपरा पारि गरी दुई खण्डमा गरी बससेवा सञ्चालनमा आए पनि भरपर्दो र नियमित रहेको छैन । साथै, करिब दुई किमी पैदल हिँडेर दुईवटा बसमा बस्नुपर्ने बाध्यता रहेका कारण सरसामान बोकेर यात्रा गर्न नसकिने भएको छ । 

नभई नहुने कामकाजका लागि मात्रै सो सडकखण्डमा यात्रु जाने गरेका छन् भने बिरामी र अन्य आवश्यक कामकाजका लागि जिल्लावासी भारतीय शहर बजारमा जान बाध्य भएका छन् । 

तर जिल्लाको दोस्रो प्रमुख सडक जलेश्वर बर्दिवास सडकखण्ड सञ्चालनमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप