शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुसाइड नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’ भन्दै सेती नदीमा हामफालिन् किशोरी

सोमबार, ०५ भदौ २०७४, १४ : ४५
सोमबार, ०५ भदौ २०७४

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् । 

महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

प्रहरीका अनुसार उनले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’ भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको बताइएको छ । 

अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु

यता, आर्थिक अभाव भएर भारतमा गई पैसा कमाएर पढ्ने धोको पूरा गर्ने योजनाका साथ सिरमौर राजगढ गएका यहाँका एक युवकको मृत्यु भएको छ । 

जुनीचाँदे गाउँपालिका– १ काप्राका २१ वर्षीय गोपाल रावतको मृत्यु भएको हो । रावतको भारतको उत्तर प्रदेशको सिरमौर राजगढ भुइँरा लिंक सडक खण्डमा दुर्घटनामा परी मृत्यु भएको मृतकका आफन्त कृष्णबहादुर खड्काले जानकारी दिए । रावत गत साउन ६ गते मजदुरीको सिलसिलामा भारतको उत्तर प्रदेशको सिरमौर राजगढ गएका थिए । 

मृतक रावत जुनीचाँदे गाउँपालिका– ४ लुहादहमा रहेको आदर्श उच्च माविमा कक्षा १२ मा अध्ययन गरिरहेका थिए । रावतको मृत्युले परिवारमा सन्नाटा छाउनुका साथै आशाको केन्द्र छोराको मृत्युले आमा, बुबामा निराशा पैदा भएको छ । यहाँका अधिकांश युवा आर्थिक अभाव भएपछि भारतका विभिन्न ठाउँमा गएर मजदुरी गरेर पैसा कमाएर पढ्ने र घर खर्च चलाउने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप