उपत्यकाबाट सुत्केरी महिलासहित ६२ जनाको उद्धार
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिकाको सहयोगमा उपत्यकाको विभिन्न स्थानबाट सडकमा वेवारिसे जीवनयापन गरिरहेका ६२ जनाको उद्दार गरेको छ ।
आइतबार राति परिसर र महानगरपालिकाले स्वयम्भू, कालीमाटी पशुपतिजस्ता क्षेत्रबाट ४५ जना पुरुष, १३ जना महिला र ५ जना बालबालिकाको उद्धार गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार उद्धार गरिएका सबैलाई बालाजुस्थित महानगरको अस्थायी भवनमा राखिएको छ ।
उद्दार गरिएकामध्ये एकजना सुत्केरी महिला र उनीसँगै नवजात शिशु पनि रहेको डीएसपी बोगटीले जानकारी दिएका छन् । उनले भने, ‘दुई महिला गर्भवती समेत छन् ।’
प्रहरीका अनुसार उद्दार गरिएका सम्पूर्ण मानिसहरुमाथि अनुसन्धान भइरहेको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २५ औं बार्षिकोत्सवको अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा काठमाडौंलाई सडक मानव मुक्त बनाउने घोषणा गरेका थिए । कार्यक्रमको घोषणा गर्दै यो अभियान ३ महिनासम्म सञ्चालन हुने मेयरको भनाइ थियो ।
यस अभियानलाई सफल बनाउन महानगरले मेयर शाक्यकै संयोजकत्वमा मूल समिति बनाएको छ भने सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठको संयोजकत्वमा कार्यान्वयन उपसमिति बनाइएको छ ।
अभियानले काठमाडौं जिल्लालाई मानवीयताको शहरको रूपमा समेत विकास गरिने हुँदा कसैले सडकमा जीवन व्यथित गर्न नपरोस र बाटोमा माग्ने र मगाउन लगाउनेलाई समेत आवश्यक कारबाही गरिने भएको छ ।
बेवारिसे, मनोरोगी तथा असहायको उद्दार गरेर चिसोमा जो कोहीले पनि कष्टकर जीवन बिताउन नपरोस् र मानव सेवा नै जीवनको सर्वोकृष्ट कार्य भएकाले सडकमा बसेर माग्ने, खुल्ला सडकमा सुत्ने कार्य सधैँको लागि बन्द गर्ने अभियानमा सरिक भएको परिसरका प्रमुख उत्तम सुवेदी बताउँछन् ।
उनले सडकबाट उठाइएका मानिसलाई पालनपोषण, औषधोपचारपश्चात घर पहिचान भएकालाई परिवारमा पुनःमिलन गराउने लगायतका कार्यमा प्रहरी लागिरहेको समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी