शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकको बट्टारमा १२८ औं शाखा विस्तार

सोमबार, ३० मङ्सिर २०७६, १९ : ११
सोमबार, ३० मङ्सिर २०७६

बट्टार– आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले नुवाकोट स्थित बट्टारमा १२८औं शाखा संचालनमा ल्याएको छ । 

सोमबार आयोजित उद्घाटन कार्यक्रममा सांसद नारायण प्रसाद खतिवडा, बट्टार नगरपालिकाका मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे ।

सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ए.टी.एमको उद्घाटन गरे । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

सोहि कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले बट्टारमा सन्राइज बैंकको आगमनले व्यापारीकरण र औधोगिकरणमा थप प्रोत्साहन मिल्ने जनाए, भने केन्द्रिय सांसद नारायण प्रसाद खतिवडाले बंैकले कृषि क्षेत्रमा लगानी बढाइ, आयातलाई प्रतिस्थापन गर्न आग्रह गरे । 

बट्टार नगरपालिकाको मेयर सन्जु पण्डितले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिने अपेक्षा भएको जनाए ।

साथै बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउदैं लाने जनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप