शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

च्याम्पियन्स लिग अन्तिम १६ : रियलको भिडन्त सिटीसँग, बायर्नको प्रतिद्वन्द्वी चेल्सी

सोमबार, ३० मङ्सिर २०७६, १८ : १३
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौँ । युइएफए च्याम्पिन्यस लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । सोमबार भएको ड्र अनुसार किर्तिमानी १३ पटकको विजेता रियल म्याड्रिडले इङ्लिस च्याम्पियन म्यान्चेस्टर सिटीको सामना गर्ने भएको हो ।

त्यस्तै, डिफेन्डिङ च्याम्पियन लिभरपुलले एथ्लेटिको म्याड्रिडको सामना गर्नेछ ।

सन् २०१२ को फाइनलमा पुगेका दुई टोली बायर्न म्युनिख र चेल्सी फेरि एक पटक आमने सामने हुनेछन् ।

पेरिस सेन्ट जर्मेनले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई प्रतिद्वन्द्वी पाएको छ भने युभेन्टसले लियोनको सामना गर्नेछ । यता, बार्सिलोनाले नापोलीको चुनौती सामना गर्नुपर्नेछ ।

यस्तो छ अन्तिम १६ को ड्र

अन्तिम १६ को पहिलो लेग फेब्रुअरीको १८, १९, २५ र २६ मा खेलिनेछ भने  दोस्रो लेग मार्चको १०, ११, १७ र १८ मा खेलिनेछ ।

फाइनल खेल ३० मे मा इस्तानबुलमा खेलाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप