बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको श्रीराम सुगर मिल्स बन्द हुँदै, किसानद्वारा आन्दोलनको घोषणा

सोमबार, ३० मङ्सिर २०७६, १८ : ११
सोमबार, ३० मङ्सिर २०७६

रौतहट । रौतहटमा रहेको श्रीराम सुगर मिल्स यसवर्ष सञ्चालन नहुने भएको छ । 

जिल्लाको मध्यभाग गरुडामा पछिल्लो दुुई दशकयता सञ्चालनमा रहेको सुगर मिल्स यसवर्ष सञ्चालन नगर्ने उद्योगीले बताएका छन् । 

मिल्स सञ्चालनमा नआउने भएसँगै किसानको खेतमा लगाइएको  हजारौ विघा उखुबाली बिक्रीमा समस्या हुने भएको छ । यसो त किसानले बर्षाैँदेखिको बक्यौता रकम समेत पाउन सकेका छैनन् ।

पछिल्लो केही समयदेखि भुक्तानीको माग गर्दै काठमाडौ सिंहदरवारसम्म धाइरहेका उखुु उत्पादक किसान संघलाई उद्योगी हृतेस गोल्छाले यसपटक मिल नचल्ने भनेपछि उनीहरु आन्दोलनको तयारीमा जुटेका छन् ।
संघका कोषाध्यक्ष मनोज कुमार सहनीले झण्डै ४२ करोड बक्यौदा किसानले उठाउन बाँकी रहेको भन्दै आफूहरु अब आन्दोलन जाने तयारीमा जुटेको बताए । 

श्रीराम सुगर मिल्सले गत वर्ष किसानलाई बिउ समेत बितरण र सर्भे गराएपछि त्यस क्षेत्रका ८ हजार किसानले विभिन्न प्रजातीको  उखु लगाएका छन् । 

 करीव १८ लाख कुुईन्टल उत्पादनहुने अनुमान रहेको कोषाध्यक्ष सहनीको अनुमान छ। 
  
यसैबीच मिल्स बचाउ अभियान अन्तर्गत आउँदो पौष ९ गते शनिवार मिल्सकै प्राङ्गणमा वृहद उखु किसान भेलाको आयोजना गरिने भएको छ । यस्तै पौष ६ गते विहान १० बजेदेखि २ बजेसम्म इलाका प्रशासन कार्यालय गरुडा घेराउ गर्ने र ७ गतेदेखि आम हड्ताल गर्ने किसान संघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप