मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहपछिको जीवन खुसीमय कसरी बनाउने ?

सोमबार, ३० मङ्सिर २०७६, १७ : ५१
सोमबार, ३० मङ्सिर २०७६

जीवनभर साथका लागि विवाह गरिन्छ । त्यसैले विवाहपछिको जीवनलाई सुखद बनाउनका लागि एक–अर्कालाई बढीभन्दा बढी समय दिन आवश्यक हुन्छ । पति–पत्नीले सँगै बिताएको समयले एक–अर्कामा खुसीको सञ्चार गर्छ ।

विवाहपछि विभिन्न समस्या आउन सक्छन् । त्यस्ता समस्यालाई सुल्झाएर अगाडि बढ्नुको विकल्प रहँदैन । यस्तो अवस्थामा एक–अर्काको सल्लाहमा समाधानको खोजी गर्न आवश्यक हुन्छ ।

करिअर सफल हुनुलाई मात्र दाम्पत्य जीवन सफल भएको मानिँदैन । त्यसैले हरेक काम गर्दा पति–पत्नीबीचको सौहार्दतामा अगाडि बढ्नुपर्छ । एकले अर्कालाई सम्झाउने, सल्लाह–सुझाब आदान–प्रदान गर्ने गतिविधिलाई निरन्तर कायम राख्नुपर्छ ।

कतिपय अवस्थामा पति–पत्नीबीच फरक मत र विचार हुन सक्छ । जुन कुरा विवाहपूर्व थाहा नहुन सक्छ । यस्ता विषयले सौहार्द वातावरण खल्बल्याउन सक्छ । त्यसैले विवाहपछि एक–अर्काको सोच र विचारलाई सम्मान गर्दै अगाडि बढ्नु नै एक मात्र उत्तम विकल्प हुन्छ ।

व्यावहारिक जिम्मेवारी निर्वाह गर्नुले मात्र विवाहको गरिमालाई बचाइराख्दैन । त्यसैले घुम्न जाने, सरप्राइज पार्टी दिने वा आफ्नो पार्टनरलाई जे मन पर्छ त्यस्ता गतिविधि गर्दा सम्बन्ध अझ प्रगाढ बन्दै जान्छ ।

आफ्नो पार्टनरलाई कहिल्यै पनि दुर्व्यवहार गर्नु हुँदैन । एक्लै हुँदा गल्तीको महसुस गराउने गतिविधि गर्दा सम्बन्धमा दरार उत्पन्न हुन सक्छ । बाहिरी साथीको आवश्यकतामा घरबाहिर बस्ने, काममा मात्र केन्द्रित हुनेजस्ता गतिविधिलाई नियमितता दिनुहुँदैन । यस्तो गतिविधिले एक–अर्काप्रति असमझदारी उत्पन्न गर्न सक्छ ।

कम्तीमा वर्षको २–४ पटक जीवनसाथीसँग केही दिनका लागि घुम्न निस्कनु राम्रो हुन्छ । यसरी घुम्न निस्कँदा एक त जीवनमा यादगार क्षण थपिँदै जान्छन्, अर्को एक–अर्काबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जान्छ । यसो गर्दा जीवनसाथीले खुलेर मनको कुरा व्यक्त गर्ने मौका पनि पाउँछन् ।
शारीरिक सुखले मात्र सम्बन्धलाई घनिष्ठ बनाउँदैन । त्यसैले शारीरिक सम्बन्धमा भावना पनि जोडिन आवश्यक हुन्छ ।

कहिल्यै पनि जीवनसंगीनीलाई एकलव्य र आसहायको अनुभूति गराउनु हुँदैन । यसो गर्दा पछुताउने दिन आउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप