शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा बस र ट्याक्सी एकापसमा ठोक्किँदा ४ घाइते

सोमबार, ३० मङ्सिर २०७६, १७ : ०८
सोमबार, ३० मङ्सिर २०७६

 बुटवल । सोमबार दिउँसो पाल्पाको माथागढी गाउँपालिकामा बस र ट्याक्सी एकापसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । 

 स्याङ्गजाबाट पाल्पातर्फ आउँदै गरेको ग १ ज १८८० नम्वरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको ग १ ख ५१९१ नम्वरको बस एकापसमा ठोक्किँदा  ट्याक्सीमा सवार चार जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

  घाईते हुनेमा स्याङ्गजाको बिरुवा गाउँपालिका २ का ४० बर्षीय जसबहादुर गुरुङ्ग , पुतलीबजार नगरपालिका वडा नम्वर १२ का ६० बर्षीय योगीमोती गुरुङ्ग ,  सोही नगरपालिका वडा नम्वर २ का ४३ बर्षीय  ( चालक ) जुम प्रसाद गुरुङ्ग  र सोही  स्थानका २४ बर्षीया कृष्णमाया गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप