बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा स्थायी कमिटी बैठक लम्बियो :  मंगलबार पनि बैठक बस्ने

सोमबार, ३० मङ्सिर २०७६, १६ : २१
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको दोस्रो दिन सोमबार १४ सदस्यहरुले आफ्ना धारणा राखेका छन् । 

आइतबारबाट सुरु भएको बैठकको दोस्रो दिन सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि टिप्पणीसहित आफ्नो धारणा राखेका हुन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार सोमबार दुवै प्रतिवेदनमाथि भएको छलफलमा वामदेव गौतम, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नि सापकोटा, गणेश शाह, देवेन्द्र पौडेल, पम्फा भुसाल, देव गुरुङ लगायतले टिप्पणी गरेका छन् ।

सोमबार १४ सदस्यले आफ्ना धारणा राखेका छन् । स्यायी कमिटी सदस्यहरुले बोल्ने क्रम नसकिएका कारण मंगलबार बस्ने गरी बैठक स्थगित भएको छ ।

स्रोतका अनुसार छलफलमा भाग लिएका अधिकांश सदस्यले दुवै प्रतिवेदनमाथि आलोचनात्मक समर्थन गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप