बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आर्मीको सुखद सुरुवात

सोमबार, ३० मङ्सिर २०७६, १६ : २१
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुखद सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा आर्मीले  फ्रेन्ड्स क्लबलाई २–१ गोलले हरायो । 

आर्मीको जितमा नवयुग श्रेष्ठले खेल सुरु भएको तेस्रो मिनेटमै खाता खोले । दिनेश हेम्जनले ८१औं मिनेटमा निर्णायक गोल गरेका थिए ।  फ्रेन्ड्सका लागि शक्ति राईले ५०औं मिनेटमा गोल फर्काएका थिए । लिगमा पहिलो जितसँगै आर्मीले तीन अंक बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप