शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा विप्लव समूहको प्रदर्शनमा प्रहरी हस्तक्षेप

सोमबार, ३० मङ्सिर २०७६, १५ : ३८
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।  सोमबार काठमाडौंको ढल्कुमा सीमा मिचिएको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका विप्लव समूहका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गरिएको थियो । विज्ञहरुले सार्वजनिक गरेको नयाँ नक्सासहित प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीको हस्तक्षेपछि कार्यकर्ता तितरवितर भएका थिए । अन्तिममा विद्यार्थीहरुले केही समय प्रदर्शन गर्दै कोणसभा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप