बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ : राजधानी र नामाकरण सिफारिस समितिले प्रतिवेदन बुझायो

सोमबार, ३० मङ्सिर २०७६, १५ : ३६
सोमबार, ३० मङ्सिर २०७६

बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन आज प्रदेशसभा सचिवालयमा बुझाएको छ ।

पटक–पटक आलोचित हुुँदै आएको समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम ठाउँ सिफारिस गरेर आज सभामुख पूर्णबहादुर घर्तीलाई बुझाउने तयारी गरेको थियो । सभामुख घर्ती  बुटवल बाहिर रहेकोले उपसभामुख कृष्णी थारु र प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनमगरलाई समितिका संयोजक दिपेन्द्र पुनले बुझाएका हुन् ।

प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुंगो लगाउने संवैधानिक व्यवस्था छ । लुुम्बिनी र स्थायी राजधानी तीन ठाउँ उपयुक्त हुुनेछन् भनेर सिफारिस गरेको चर्चा बाहिर आएको छ ।

स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको बाहिर आएपनि  संयोजक पुनले केही बोल्न नमिल्ने बताए ।

  विशेष समितिका संयोजक पुनले  रातोपाटीसँग भने, ‘हामीले प्रतिवेदन बुझाएका छौँ । अन्य प्रतिवेदनमा भएका विवरण  संसद खुलेपछि बाहिर आउँछ, अहिले केही पनि हामी बोल्न मिल्दैन ।

आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिँदै आज बुझाउने निणय गरेको थियो ।

प्रतिवेदन आगामी अधिवेशनमा प्रस्तुत हुनेछ । यद्यपि अधिवेशन कहिले बोलाउने भन्नेमा टुंगो लागेको छैन । 

गएको यही मंसिर २१ देखि २७ गतेसम्म समितिको दश जनाको टोलीले भारतको चण्डीगढ र हरियानाको भ्रमण गरेको थियो । दाङबाट निवाचित मुख्यमन्त्री शंकर पोखरेलले दाङ प्रदेश राजधानी हुनुपर्ने बताउँदै आएका छन् भने रुपन्देहीका नेकपा महासचिव विष्णु पौडेलले बुटवल नै स्थायी राजधानी हुनुुपर्ने अडान लिँदै आएका छन् । यही विवादले राजधानी टुंगो लाग्न ढिलाइ हुँदै आएको छ । 

प्रदेशसभा गठन भएको दुई वर्ष पुग्न लाग्दा समेत स्थायी राजधानी र टुंगो लगाउन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप