बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एउटा पुल तीन पटक भत्काउँदै बनाउँदै

सोमबार, ३० मङ्सिर २०७६, १४ : ४६
सोमबार, ३० मङ्सिर २०७६

बुटवल । गुल्मीको सदरमुकाम तम्घास र अर्खले लामडाँडा तर्फका जनताले पुल निर्माण गर्न चाहेको २५ बर्ष भन्दा बढि भइसक्यो  । तम्घासको आदर्श विद्यामन्दिर विद्यालय अगाडिदेखि पारि भुजेलखर्क हुँदै तम्घास खाम्सोपानी लामडाँडा हुँदै प्युठान जोड्ने सडकखण्डको  तम्घासे खोलमा पुलको आवश्यकता देखेर २०५० साल अघिदेखि नै निर्माणको काम थालनी गरिएको थियो ।

त्यसपछि २०५० सालतिर  साविक  तम्घास गाविस अध्यक्ष भुवनप्रसाद श्रेष्ठ गाविस अध्यक्ष भएपछि उनको पहलमा  करिव ९० लाख रुपैयाँ रकम प¥यो ।  तम्घास मिलनचोकका समाजसेवी रामप्रसाद पन्थीका अनुसार त्यसबेला उक्त रकमले पुल बनाउन सकिदैनथ्यो ।  सोही रकमबाट कलभर्ट बनाइयो ।  त्यसपछि  त्यसलाई भत्काएर दोश्रोपटक पिलर लगायतको काम गर्न पाल्पा सडक डिभिजन कार्यालयबाट परेको करिव १५ लाख रकमले ८ मिटर लम्बाई र  ३ मिटर चौडाईको पुल ( कलभर्ट)बनाइएको थियो ।

दोश्रोपटक आर्थिक बर्ष २०६९÷ ०७० सालमा उक्त पुल निर्माण भएको थियो ।  अन्ततः  पहिलो र दोश्रो  भत्काएपछि  झण्डै १६ लाख रुपैयाँ वालुवामा पानी खनाएसरह भयो । अहिले दोश्रो पुल पनि भत्काएर फेरि तेश्रो पुल बनाउन सुरु गरिँदैछ । 

रेसुङ्गा माध्यामिक विद्यालयसम्मको सडकको स्तरनोन्नतीदेखि उक्त पुल निर्माणका लागि झण्डै ३ करोडमा काम सुरु भएको निर्माण व्यव्सायी हरिकुमार  श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिले बन्न लागेको पुल डबल लेण्डको १२ मिटर लम्बाईको हुनेछ । अहिले पिलर उठाउने काम भइरहेको छ  ।

राज्यले दिर्घकालीन सोचका साथ  योजना पारेको भए बनाउदै भत्काउँदै र रकम खेर फाल्दै जाने क्रम रोकिने स्थानीय समाजसेवीहरुको भनाई छ ।  सो पुल पर्यटकीय र क्षेत्रीय महत्व राख्ने सडक जोड्ने गरि बन्दैछ ।
तम्घास खाम्सेपानी गोवाने, नयाँ गाउँ पुर्कोटदह हुँदै प्युठान जोडने करिब ४० किलोमिटर डबल लेण्ड सडकको काम पनि तिब्रगतिमा अगाडी बढ्दैछ । नेपाली काँग्रेसका जिल्ला पार्टी सचिव खिलध्वज पन्थी उक्त सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन् ।

२०७० साल माघ महिनादेखि वहुवर्षीय योजनामा परेको उक्त सडक वर्तमान सरकारले १२३ नम्बर शीर्षकको बहुवर्षीय योजनाबाट हटाएपछि निर्माण कार्य अलपत्रजस्तै बनेको थियो । उपभोक्ता समितिका अध्यक्ष पन्थी भन्छन्, ‘पछि हामी डेलिगेशन गई प्रदेश सरकार मातहतमा काम गर्ने गरि बहुवर्षीय योजना मै राख्न सफल भएका छौं । २०७० सालमा तम्घासदेखि ४ किलो मिटर कालोपत्रे गर्ने कार्यका लागि ११ करोड रुपैयाँ परेको थियो । पछि  थप दुई किलोमिटर कालोपत्रेका लागि ५ करोड परेको थियो ।’

‘अहिले गोवानेदेखि प्युठानको पटौतीसम्म स्तरोन्नती गर्ने कार्यका लागि ४९ करोड परेको छ’ पन्थीले भने । उनका अनुसार उक्त सडक बहुवर्षीय योजनामा पर्ने पहिलो सडक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप