शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश सरकारसँग छलफल नगरी गरिने लगानी अस्वीकार्यः मन्त्री सोनल

सोमबार, ३० मङ्सिर २०७६, १४ : २८
सोमबार, ३० मङ्सिर २०७६

जनकपुर । प्रदेश नम्बर २ का भौतिक विकास पूर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेशमा कुनै किसिमको लगानी गर्नु पूर्व प्रदेश सरकारसँग सम्झौता गर्नु आवश्यक रहेको बताएका छन् ।

सोमबार जनकपुरमा आयोजित नविकरणीय ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री सोनलले प्रदेशमा हुने कुनै पनि प्रकारको लगानी प्रदेश सरकारसँग छलफल नै नगरी गरिने कार्य मान्य नहुने समेत बताए ।

 उनले प्रदेशमा लगानीको वातावरण बनाउनका लागि केन्द्र सरकारले प्रदेश र स्थानीय दुबै सरकारसँग समन्वय र सम्झौता गरी अगाडि बढ्नु आवश्यक रहेको बताए ।

उनले प्रदेश विकासका लागि केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र दातृ निकायसंग छलफल गरेर योजनाबद्ध ढंगले लगानीको श्रृजना गर्न आग्रह समेत गरे ।

 मन्त्री सोनलले नविकरणीय उर्जाको क्षेत्रमा प्रदेश नम्बर २ मा प्रचुर सम्भावना रहेकोले दातृ निकायलाई यस प्रदेशमा लगानी गर्न आह्वान गरे ।

दातृ निकायका लागि प्रदेशमा सकारात्मक वातावरण बनाउन प्रदेश सरकार तत्पर रहेको उनको भनाइ छ  ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप