शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टर्कीले दियो अमेरिकाको हवाइ आधार बन्द गरिदिने चेतावनी

सोमबार, ३० मङ्सिर २०७६, १४ : १०
सोमबार, ३० मङ्सिर २०७६

अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्धमा टर्कीले असन्तुष्टि व्यक्त गरेको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले यसबारे बोल्दै भन्यो ,‘ अमेरिकाले टर्कीमाथि थप प्रतिबन्ध लगायो भने हामी अमेरिकाको इनसर्लिक हवाई आधारलाइ बन्द गर्न सक्छौं । ’

एर्दोगानले इनसर्लिकको अतिरिक्त मलाक्या प्रान्तको अदानामा रहेको कुरेसिच रडार स्टेशनलाई पनि बन्द गर्ने विकल्प आफूहरुसँग रहेको बताए ।

कुरेसिच बेसमा अमेरिकी सेनाको महत्वपूर्ण रडार छ । यो रडारले अमेरिका र नेटो संगठनका देशहरुलाई मिसाइल प्रक्षेपणको जानकारी दिन्छ ।

अमेरिकी सिनेटले बुधबारनै टर्कीमाथि प्रतिबन्ध लगाउने एक प्रस्ताव पारित ग-यो । टर्कीले अघिल्लो वर्ष रुसबाट एस–४०० मिसाइल डिफेन्स प्रणाली किन्ने सम्झौता गरेको थियो । त्यसबाट अमेरिका रुष्ट छ ।

ट्रम्प प्रशासनले यस अघि टर्कीसँग गरेको एफ–३५ युद्ध विमानको सम्झौता रद्द गरिसकेको छ । अन्य नेटो देशहरुले पनि एस–४०० को खरिदलाई लिएर टर्कीसँग दुरी कायम गरेका छन् ।

आमेर्नियाली नरसंहार विधेयक पासबाट पनि टर्की रुष्ट
अमेरिकी संसदको माथिल्लो सदन सिनेटले हालै १०० वर्ष पहिले आर्मेनियाली माथि भएको नरसंहारबारे प्रस्ताव पारित गरेर त्यसको निन्दा गरेका थियो ।

आर्मेनियाली नरसंहार सन् १९१५ अप्रिल २४ मा शुरु भएको थियो । तत्कालिन अटोमन साम्राज्यले त्यहाँ करिब १५ लाख अल्पसंख्यकहरुको क्रुर हत्या गराएको थियो ।

यसलाई जर्मनीको नाजिद्वारा गरिएको नरसंहारपछि ससारको दोस्रो ठूलो नरसंहार मान्ने गरिन्छ । अमेरिकी सिनेटले यसलाई नरसंहारको साटो आर्मेनियाली नागरिकहरुको सामूहिक हत्याकाण्ड बताएको थियो ।
टर्की प्रस्तावका कारण दुई देशको सम्बन्ध बिग्रिन सक्ने चेतावनी दिएको थियो ।

पहिले पनि टर्कीमाथि प्रतिबन्ध

दुई महिना अघि जब टर्कीले सिरियामा कुर्द विद्रोहीविरुद्ध अपरेशनको घोषणा गरेको थियो तब ट्रम्पले टर्कीस् अर्थव्यवस्थालाई ध्वस्त बनाउने धम्की दिएका थिए ।

इस्लामिक आतंकवादी संगठन आईएसलाई हराउन अमेरिकालाई महत्वपूर्ण सहयोग प्रदान गरेको कुर्दविरुद्ध टर्कीको आक्रमणको सर्वत्र विरोध भएको थियो ।

त्यसमा ट्रम्पले एर्दोगान सरकारमाथिको प्रतिबन्धको घोषणा गरेको थियो । पछि टर्कीले कुर्दमाथिको अपरेशन बन्द गरिदिए ।

ट्रम्पले उनीसँग सिरियाली कुर्दसम्बन्धमा सम्झौताको अपील गरेका थिए । यसको अतिरिक्त रुसबाट एस–४०० मिसाइल प्रतिरक्षा प्रणाली किनेकोमा पनि टर्कीमाथि काट्सा कानून अन्तर्गत प्रतिबन्ध लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप