नेपालको भूमि अतिक्रमणको विरोधमा ह्वाइट हाउस अगाडि प्रदर्शन
सोमबार, ३० मङ्सिर २०७६, ११ : ०५
नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्साभित्र पारेकोको विरोधमा ह्वाइट हाउस देखि डिसीस्थित भारतीय राजदुताबाससम्म विरोध प्रदर्शन गरिएको छ ।
शान्तिपूर्ण विरोध प्रदर्शन अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसको अगाडि रहेको लाफाऐट पार्क (उद्यान) वरिपरिको गोरेटोमा २ पटक चक्कर लगाएपछि डिसीको मुख्य शहर हुँदै भारतीय राजदुताबास पुगेर प्रदर्शनको समापन भएको थियो ।
यसैगरी विरोध प्रदर्शनको क्रममा भारतीय दुताबास अगाडि पनि ३ पटक घुमेर विरोध जनाएको डिसी विरोध जुलुसका संयोजनक कुलमणि आचार्यले जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ लोकगायक प्रेम राजा महतले राष्ट्रप्रेमका गीत सुनाएका थिए भने व्यङ्ग्य कविता पनि वाचन गरेका थिए । साथै, प्रदर्शनमा सहभागिहरुले साहित्य, कला र नारामार्फत विरोध जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा