शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्भयाका हजुरबुवाले भने, ‘आजकै दिन दोषीलाई फाँसी दिइएको भए चित्त बुझ्थ्यो’

सोमबार, ३० मङ्सिर २०७६, ११ : ०१
सोमबार, ३० मङ्सिर २०७६

आजभन्दा सात वर्षअघि भारतमा बलात्कारको एउटा यस्तो घटना घटित भयो जुन संसारभरी चर्चित रह्यो । निर्भयाको बलात्कार र हत्यामा संलग्न दोषीलाई अहिलेसम्म सजाय दिइएको छैन । घटना भएकोे सात वर्षपछि पनि दोषीलाई फाँसी नदिँदा निर्भयाका आमा–बुवालगायत हजुरबुवाहरु दुःखी भएको कुरा उनीहरुको आँसुले प्रमाणित गर्छ ।

निर्भयाका हजुरबुवा १६ डिसेम्बरमा नै अपराधीलाई फाँसी दिइयोस् भन्ने चाहन्छन् । सात वर्षअघि आजकै दिन अर्थात् डिसेम्बर १६ मा आफ्नी नातिनीमाथि भएको कुकृत्यको दिन सम्झँदै उनले दोषीलाई आजकै दिन फाँसी दिइएको भए आफ्नो मन शान्त हुने बताए ।

 निर्भया काण्डको सात वर्ष पूरा भएको दिनमा उनका हजुरबुवा लालजी सिंहले सबै दोषीलाई एकैपटक फाँसीमा झुण्ड्याइए आफूलाई निकै आनन्द आउने बताएका छन् । उनले भने, ‘यदि यस्तो भए यस्तो प्रकारको घटना गराउने व्यक्तिले कडा सन्देश पाउँथे र यस्तो घटना गर्नुअघि १० पटक सोच्थे ।’

यद्यपि, उनले कानूनी प्रक्रिया हेर्दा १६ डिसेम्बरमा  अपराधीलाई फाँसीमा झुण्ड्याउन सम्भव नभएको पनि बताए । उनले भने, ‘मेरी नातिनीमाथि जे भयो त्यो धेरै अघिको कुरा हो तर अब उनका दोषीले सजाय पाउन ढिलो हुनुहुँदैन । दोषीसँग जोडिएका सबै कानूनी बाधा यथाशीघ्र पूरा भएर चाँडै नै चार दोषीलाई फाँसी दिइनुपर्छ । हाम्री छोरीका अपराधीले दिनदिनै सास फेरिरहेको राम्रो लागिरहेको छैन ।’

के हो निर्भया काण्ड ?

१६ डिसेम्बरको रात निर्भया आफ्नो एक साथीसँग फिल्म हेरेर फर्किरहेकी थिइन् । बाटोमा दुईले मुनिरकाबाट बस चढे । उक्त बसमा उनीहरुबाहेक ६ व्यक्ति सवार थिए । बसमा भएका व्यक्तिले निर्भयालाई जिस्काउन थाले । पछि उनीहरुले निर्भयामाथि बलात्कार गरे र रगतले लत्पत्तिको हालतमा उनलाई उनका साथीलाई गुडिरहेको बसबाट फ्याँकिदिए । आन्द्रा र शरीरमा गम्भीर संक्रमणपछि निर्भयालाई सिंगापुर अस्पताल पुर्याइएको थियो जहाँ उनले २९ डिसेम्बर राती मृत्युवरण गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप