जनकपुरमा जताजतै बम, रातभर प्रहरीलाई तनाव
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा हिजो रातिदेखि नै बम आतंक छ । जनकपुरको बाह्रबिघा रङ्गभूमि मैदानलाई केन्द्रबिन्दु बनाएर वरिपरि रहेको विभिन्न बाटोमा शंकास्पद वस्तु फेला परेको हाे ।
आइतबार राति ९ बजे र आज सोमबार करिब साढे ९ बजे फेरि अर्को ठाउँमा शंकाष्पद वस्तु हरियो बोरामा बेरिएको अवस्थामा सरस्वती उच्च माध्यमिक विद्यालय छेउमा वेवारिसे बोरा फेला परेको छ ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटर पूर्वतर्फ बाह्रबिघास्थित सरस्वती उच्च मा विद्यालय नजिक सडकमा शंकास्पद वस्तु देखिएको जानकारी दिए ।
विद्यालय नजिक सडक बीचमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले अहिले त्यहाँ आवतजावतमा रोक लगाएको छ ।
जनकपुर स्थित बाह्रबिघा मैदानमा एनसेलले महामेला आयोजन गर्न लागेको जानकारी पाएपछि बिप्लव नेकपाले सोको वरिपरि बम राखेको आशंका गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा