शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साउदीका नेपालीले बाढीपीडितलाई सहयोग गर्ने

सोमबार, ०५ भदौ २०७४, ११ : ४७
सोमबार, ०५ भदौ २०७४

हुम सुनारी मगर, साउदी– पारिवारिक समाज नेपाल, साउदी अरेवीयाले बाढीपीडितका लागि १ लाख ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । समाजको आइतबार बसेको वैठकले यो निर्णय गरेको हो । एकदुई दिनभित्रमै काठमाडौँमा पत्रकार सम्मेलन गरेर सो सहयोग रकम धुर्मुससुन्तली फाउन्डेसनलाई हस्तान्तरण गर्ने र सोहि फाउन्डेसनमार्फत वास्तविक बाढीपीडितहरूलाई वितरण गर्ने समाजले घोषणा गरेको छ । यसैवीच पारिवारिक समाज नेपाल, साउदी अरेवीयाले गत १७ अगष्ट २०१७, बिहीबार साउदी अरेवीयाको राजधानी रियाद शहरमा एक भेटघाट तथा तीज कार्यक्रम आयोजना गरेको थियो । 
कार्यक्रममा समाजका सदस्यहरू, केहि व्यवसायीहरूद्वारा गरिएका आर्थिक सहयोग र अन्य सहभागिहरूबाट उठेको रकम मध्यबाट कार्यक्रममा भएको जम्मा खर्च कटाएर बंचेको रकम बाढीपीडितहरूलाई सहयोग गर्ने निर्णय गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप