शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोट्टनहामले जित्दा, बराबरीका रोकियो युनाइटेड

सोमबार, ३० मङ्सिर २०७६, १० : २७
सोमबार, ३० मङ्सिर २०७६

इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहामले जिजत निकाल्दा म्यानचेस्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोट्टनहामले वल्भ्सलाई २–१ गोलले हरायो । अर्को खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ बराबरीमा रोकिएको छ ।

वल्भ्सको घरेलु मैदानमा टोट्टनहामलाई जिताउन लुकास मोउरा र जान भर्टाेङहेनले गोल गरे । वल्भ्सका एडमाले एक गोल फर्काए । टोट्टनहामले नवौं मिनेटमा लुकास मोउराको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ६७औं मिनेटमा वल्भ्सका एडमाले बराबरी गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा जानले गोल गर्दै टोट्टनहामलाई जिताएका थिए । जितसँगै २६ अंक बनाएको टोट्टनहाम पाँचौ स्थानमा उक्लिएको छ । २४ अंक बनाएको वल्भ्स आठौं स्थानमा छ ।

यसैगरी म्यानचेस्टर युनाइटेडले ३६औं मिनेटमा एभटर्नका लिन्डलफको आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । ७७औं मिनेटमा एभटर्नका मासन ग्रीनउडले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै २५ अंक बनाएको युनाइटेड छैटौं स्थानमा छ । १८ अंक बनाएको एभर्टन १६औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप