बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के हो पायल्स ? यस्ता छन् यसका कारण र उपचारका ९ उपाय

सोमबार, ३० मङ्सिर २०७६, ०८ : २१
सोमबार, ३० मङ्सिर २०७६

पायल्स यस्तो रोग हो जसमा गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ । यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् ।

आयुर्वेदिक एक्सपर्ट र व्यवसायी डा. अबरार मुल्तानीका अनुसार खानपिन र जीवनशैलीका कारण धेरैजसो मानिसलाई पायल्सको समस्या हुने गर्दछ तर यसको पछाडि वंशानुगत इतिहास पनि हुनसक्छ ।

पायल्स हुने ५ कारणः

१. कब्जियतः

यो पायल्स हुने सबैभन्दा ठूलो कारण हो । पेट राम्रोसँग सफा नहुँदा गुद्वारमा मासुको डल्लो पलाउने गर्दछ ।

२. बसेर गर्नुपर्ने कामः

धेरै बेरसम्म बसिरहनुपर्ने कामले पनि पायल्सको समस्या हुनसक्छ ।

३. गर्भावस्थाः

गर्भावस्थाको क्रममा पाचन समस्या हुने गर्दछ । यसले गर्दा थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ ।

४. जीवनशैलीः

धुम्रपान, मद्यपान, जंक फूडजस्ता खानेकुरा धेरै खाँदा पनि पाचन क्रिया बिग्रने गर्दछ र पायल्स हुने गर्दछ ।

५. वंशानुगतः

परिवारमा कसैलाई समस्या छ भने आउने पीढिलाई पनि यो हुने सम्भावना हुन्छ ।

उपचारका तरिकाः

नीमको कोमल पातलाई घ्यूमा भुटेर त्यसमा थोरै कपुर हाल्नुहोस् र पायल्सको मासुमा लगाउनुहोस् ।

कालोमरिच र कालो जिराको पाउडर आधा चम्चा दैनिक महसँगै खाँदा पाइल्सबाट राहत पाइन्छ ।

लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाउँदा केही दिनमा फाइदा हुनथाल्छ ।

तुलसीको पातलाई पानीसँग पिसेर लगाउँदा जलनबाट राहत महसुस हुन्छ । पलाएको मासु पनि बिस्तारै ठिक हुन्छ ।

अमलाको पाउडरलाई पानीमा घोलेर रातभरी माटोको भाँडोमा राख्नुहोस् । बिहान मिश्री मिसाएर पिउनुहोस् ।

काँचो प्याजलाई मसिनो आँचमा भुट्नुहोस् । यसको पेस्ट बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनभित्र फाइदा हुन्छ ।

चियाको पत्ती पिसेर पेस्ट बनाउनुहोस् र त्यसलाई तातो बनाएर मासु पलाएको ठाउँमा लगाउनुहोस् । केही दिनमा मासु सुक्नेछ ।

एक मुट्ठी कालो तिललाई एक कचौरा दहिसँग दैनिक खाँदा रगत आउने पायल्सको समस्यामा फाइदा पुर्याउँछ ।

मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा केही दिनमा पलाएको मासु सुक्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप