जनकपुरमा बम आतंकः फेरि भेटियो शंकास्पद वस्तु
धनुषा । जनकपुरधाम उपमहानगरपालिका ९ स्थित संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटो तर्फ खाली जग्गामा प्रेसर कुकर बमजस्तै देखिने शंकास्पद वस्तु देखिएपछि प्रहरीले सुरक्षा सतर्कता अप्नाएको छ । प्रेसर कुकर बमजस्तो वस्तु भित्तामा राखेको स्थानीयवासीले देखेपछि प्रहरीले सो क्षेत्रमा करिब २ घन्टा देखि आवागमन नै ठप्प पारेको हो ।
करिब राति ९ बजे स्थानीयवासीहरुले भित्तामा प्रेसर कुकर राखेको देखेपछि बमको शंका गर्दै प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले जानकारी पाएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै नेपाली सेनालाई बोलाएको छ ।
यता प्रेसर कुकरजस्तो वस्तु देखिएकाले शंकास्पद लागेर आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । सो वस्तु कुकर बम भएको अशंका भएकोले आवतजावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
शनिबार धनुषास्थित महेन्द्रनगर बजारमा एक व्यवसायीको घरमा बम बिस्फोट हुदा एक प्रहरी निरीक्षक सहित ३ जनाको मृत्युका र ४ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी