शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निधिको बिफ्रङमै टुंगियो काँग्रेस बैठक

आइतबार, २९ मङ्सिर २०७६, १८ : ०८
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं । संस्थापन इरत पक्षको उपस्थिति बिना बसेको काँग्रेस केन्द्रीय समिति बैठक पार्टीका आन्तरिक विषयमा निष्कर्ष नलिइ टुंगिएको छ । 

आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठक बिहीबारको बैठकमा छलफलका लागि प्रस्तुत गरेको एजेण्डामाथि केन्द्रित नभएको प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

बैठकपछि पत्रकार सम्मेलनमा उनले संस्थापन इतरको विमति रहेको विषयमा सामान्य छलफल मात्र भएको बताए ।

उपसभापति विमलेन्द्र निधिले शनिबार दिनभर र आइतबार बिहान संस्थापन इतरका नेताहरुसँग भएको सहमतिको प्रयासबारे बैठकमा बिफ्रिङ गरेका थिए । 

शनिबार विहान वरिष्ठ नेता रामचन्द्र पौडेल, दिउँसो नेता प्रकाशमान सिंह र आइतरबार विहान महामन्त्री शशांक कोइरालासँग देउवा पक्षले छलफल गरेको थियो । 

निधिले महामन्त्री कोइरालासँगको भएको छलफल सकारात्मक मोडमा रहेको शर्माले बताए । केन्द्रीय समिति बैठक भोलि १ बजे फेरी बस्ने जानकारी दिँदै उनले आफूहरु सहमतिबाट अगाडि बढ्न लागि परेको बताए । 

१४ औं महाधिवेशनको कार्यतालिका नआएसम्म बैठकमा उपस्थित नहुने पौडल पक्षले रणनीति लिएको छ । यता देउवा पक्ष भने समायोजनको काम सकिएपछि कार्ययोजना ल्याउने बताइरहेको छ ।

उक्त विषयमा पौडल पक्षसँग सहमतिको वातावरण बन्ने अवस्था नआए बहुमतीय ढंगले अगाडि बढ्ने शर्माले बताए । आइतबार पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरु पार्टी कार्यलमा समेत उपस्थित भएका थिएन ।
बैठकले आन्तरिक विषयबाहेक संवैधानिक आयोग, उपनिर्वाचन बढ्दो सवारी दुर्घाटनमा केन्द्रित भएको शर्माको भनाइ थियो । 

उनले भने, ‘संंवैधानिक आयोगका सन्दर्भमा सरकारले ल्याउन लागेको अध्यादेशप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । केन्द्रीय सदस्य रमेश लेखक उपनिर्वाचन अनुगमन समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।’ 
काँग्रेसले पछिल्ला दिनमा भएका बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै त्यसको न्यूनीकरणमा ध्यान दिने सरकारसँग माग गरेको छ । आजको बैठकमा उपसभापतिद्वय निधि र विजयकुमार गच्छदार तथा केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले आफ्नो धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप