उपनिर्वाचन नेकपालाई विशेष धक्का, उत्साहित हुने ठाउँ छैन : प्रचण्ड
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिर १४ मा सम्पन्न उपनिर्वाचनमा केही स्थानको परिणामले नेकपालाई विशेष धक्का लागेको बताएका छन् ।
प्रचण्डले स्थायी कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उपनिर्वाचन समीक्षा उपशीर्षकमा धरान उपमहानगरपालिका, भक्तपुर प्रदेशसभा लगायत पहिले पार्टीले जितेका आठ स्थान गुमाउनु परेको उल्लेख गर्दै त्यसबाट पार्टीमा ठूलो धक्का लागेको बताएका हुन् ।
यद्यपि प्रचण्डले पहिले भन्दा उपनिर्वाचनमा ११ स्थान बढी विजय हासिल गरेपनि धरान र भरतपुर महानगरपालिका वडा नम्बर १६ मा अनपेक्षित हार खानुपरेको उल्लेख छ ।
‘परिणामको उपरोक्त आँकडा हेर्दा संख्यात्मक दृष्टिले हाम्रो पार्टीको विजयी जनप्रतिनिधिहरुको संख्या पहिलेको भन्दा बढेको छ । पहिलाको २७ को सख्या ३२ पुगेको छ । तर यथार्थमा गएर विचार गर्दा यसबाट हामीलाई उत्साहित हुने ठाउँ भने बिल्कुलै छैन,’ प्रचण्डको निष्कर्ष छ ।
प्रचण्डले यसरी हार खानुमा पार्टी एकतामा ढिलाइका कारण कमिटीबिहीन रहनु, संस्थागत रुपले जनपरिचालनको अभाव हुनुको कारण निर्वाचनमा नकारात्मक परिणाम पर्न गएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ