शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गौरीशङ्कर पेन्टस कारखानामा आगलागी

आइतबार, २९ मङ्सिर २०७६, १७ : ०५
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौँ ।  काठमाडौँको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गलमा गौरीशकंर पेन्टस कारखानामा आगलागी भएको छ । करेन्ट सर्ट भएर सतुङ्गलमा रहेको कारखानामा आगलागी भएको हो ।

कारखानामा लागेको आगलागी काठमाडौँ महानगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कुमार विक्रम थापाले बताए । 

डीएसपी थापाले भने, ‘दुई वटा दमक र दुईवटा पानी ट्याङ्कीको साथमा आगो नियन्त्रणमा आएको हो । समयमै नियन्त्रणमा आएकाले ठुलो क्षति हुनबाट जोगियो ।’

आगलागीबाट कारखानामा रङ्ग बनाउने मेसिन, केमिकल, कागजपत्र तथा अन्य सरसामान जलेर नष्ट भएको प्रहरीको भनाइ छ । के कति क्षति भयो भने एकीन विवरण आउन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप