बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएकामा खेलाडीको विरोध

आइतबार, २९ मङ्सिर २०७६, १६ : ३५
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं । नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वर्ल्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यही मङ्सिर २८ देखि शुरु भएको च्याम्पियनशिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको जानकारी दिए ।  

प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षक मङ्सिर २६ गते त्यसतर्फ प्रस्थान गर्न लागेकामा विभागले तिनलाई राष्ट्रिय खेलकूद परिषद्को अनुमतिपत्र नभएको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको थियो । 

प्रतियोगितामा भाग लिन प्रशिक्षक गणेशबहादुर कुँवर तथा खेलाडी ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मानजीत लामा त्यसतर्फ जाने कार्यक्रम थियो ।   प्रतियोगितामा विश्वभरिका ११६ भन्दा बढी देशबाट खेलाडीको सहभागिता छ । नेपाली खेलाडी छनोट हुँदा पनि कजाकस्तान जान पाएनन् ।  

खेलाडी तथा प्रशिक्षकलाई  च्याम्पियनशिपले स्पोन्सर गरे तापनि विभागले विनाकारण रोक लगाएको भनी प्रशिक्षक कुँवरले गुनासो पोखे । प्रतियोगितामा भाग लिनबाट वञ्चित खेलाडी राईले आफूहरुसँग सबै आवश्यक कागजात हुँदा पनि प्रतियोगितामा सहभागी हुनबाट रोकिएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप