बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एसबीआई बैंकको २६औँ एजीएमः शेयरधनीलाई चुक्ता पूँजीमा १६.८४% लाभांश वितरण गर्ने

आइतबार, २९ मङ्सिर २०७६, १६ : ३२
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं– नेपाल एसबीआई बैंकले आफ्नो शेयरधनीहरुको २६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त सभाले सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा  १६.८४ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र १०.८४% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाबाट बैंकको आ.व. २०७५/७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५/७६ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

बैंकले आ.व. २०७५/७६ मा रु. ३१२.३९ करोड संचालन मुनाफा र २२९.२५ करोड खुद मुनाफा हासिल गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग” को आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । 

उक्त सधारणसभाले आ.व. २०७६/७७ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप