बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जिसस सुनसरीको संयोजकमा काँग्रेस विजयी

सोमबार, ०५ भदौ २०७४, १० : १५
सोमबार, ०५ भदौ २०७४

इनरुवा - जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका गोपालराज भण्डारी विजयी भएका छन् । 

काँग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका संयुक्त उम्मेदवारका रुपमा रहेका भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । 

त्यसैगरी उपसंयोजकमा लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएकी कृष्णकुमारी विक विजयी भएकी छन् ।

यस्तै सदस्यमा सीतादेवी पौडेल, नुनु अन्सारी, चिरञ्जीवी बस्नेत, अहिलिया देवी मेहता, नौशाद मियाँ, ललितादेवी सदा र शम्भु विश्वास निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिसस सुनसरीका लागि नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमले गठबन्धन गरेका थिए । 

गठबन्धनका तर्फबाट उम्मेदवारी परेपछि विपक्षी दलका तर्फबाट कुनै उम्मेदवारले उम्मेदवारी नदिएपछि भण्डारीको प्यानल र्निविरोध विजयी भएको हो । जिसस सुनसरीका लागि आइतबार मनोनयन दर्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप