बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनुषा बिस्फोटः मृतक र घाइते परिवारलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको घोषणा

आइतबार, २९ मङ्सिर २०७६, १४ : १०
आइतबार, २९ मङ्सिर २०७६

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर मा शुक्रबार राती भएको बम बिस्फोट घटनाको पीडितलाई सरकारले क्षतिपूर्ति उपलव्ध गराउने भएको छ ।  परिवार लाई भेटेका छन् ।

आइतबार बिहान घटनास्थल पुगेका मुख्यमन्त्री लालबाबु राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई राहत  उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे आउदो मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने बताए ।

टोलीमा प्रदेशसभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, प्रदेशसभा सद्स्य सिघासन साह कलबार सहितको सहभागिता रहेको थियो ।  बम बिस्फोटमा परेर प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप