सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो (अपडेट)
आइतबार, २९ मङ्सिर २०७६, ०९ : ४६
कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
यसअघि १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् ।
आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।
इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)