शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा नेपालकी टेनिस खेलाडीले जितिन्  ४ वटा पदक

आइतबार, २९ मङ्सिर २०७६, ०८ : ४८
आइतबार, २९ मङ्सिर २०७६

नेपाल काठमाडौँ सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठले अमेरिकामा ४ वटा पदक जितेकी छन् । अमेरिकाको फ्लोरिडा राज्यमा सञ्चालन भएको १४ बर्ष मुनिको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतियोगितामा श्रेष्ठले ४ पदक जितेकी हुन् ।

लिटल मो इन्टरनेसनल टेनिस नामक प्रतियोगिताको लागि टेनिस खेल्न उनी नेपालबाट अमेरिका आएकी थिइन् ।  

१३ औं बार्षिक लिटल मो इन्टरनेसनल टेनिस प्रतियोगिता फ्लोरिडाको पाम बीच उद्यानमा खेल सम्पन्न भएको छ भने गत डिसेम्बर ६ देखि ११ सम्म प्रतियोगिता संचालन भएको थियो ।

 शर्भानीले १४ बर्ष मुनिका गर्ल्स डबल (जोडी)मा फाईनल र मिक्स्ड डबल (मिश्रित जोडी) खेलमा दोश्रो स्थान (रजत पदक)  हासिल गर्न सफल भएकी छिन् । त्यस्तै, १४ बर्ष मुनिको एकल टेनिस प्रतियोगितामा उनले चोथौ स्थान हासिल गरेकी थिइन् ।

उक्त प्रतियोगितामा विभिन्न देशबाट आएका करिव ५ सय जना मध्ये शर्भानीको उत्कृष्ट प्रर्दशनको मुल्याकंन गर्दै  कृपा (काईण्डनेस) पुरस्कार प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप