शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको मौसम : केही स्थानमा अझै बर्षा र हिमपातको सम्भावना

आइतबार, २९ मङ्सिर २०७६, ०७ : ४४
आइतबार, २९ मङ्सिर २०७६

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आइतबार दिउँसो देशका अधिकांश भू–भागमा बदली हुनेछ । देशको पश्चिमी क्षेत्रका केही स्थानमा, मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ । 

यसैगरी, हिमाली क्षेत्रहरुमा भने हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

रातिको समयमा भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । हिमाली क्षेत्रमा रातिको समयमा पनि हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप