बम ठानेर डिस्पोज गर्दा भेटियो चरेस
आइतबार, २९ मङ्सिर २०७६, ०७ : २४
ठाकुरबाबा नगरपालिका –२ सिंहवाहिनीका एक स्थानीयले शनिबार विहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित शंकास्पद बस्तु देखे । राजमार्गछेउमै कालो झोलामा डल्लोजस्तो देखिने बस्तु देखेपछि उनी त्रसित भए ।
केहीबेरमै त्यो ठाउँमा भीड लाग्यो । स्थानीले शंकास्पद बस्तु ‘बम हो कि ?’ भन्ने आशंकामा प्रहरीलाई खबर गरे ।
खबर पाएलगत्तै बम डिस्पोजका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगे । लगत्तै शान्ति सुरक्षा मध्यनजर गर्दै प्रहरीले पूर्व–पश्चिम राजमार्ग भुरिगाउँदेखि रानीपुरसम्म बन्द गर्यो ।
शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा बमको साटो त्यहाँ चरेस फेला पर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने