शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मी मारिए

शनिबार, २८ मङ्सिर २०७६, २३ : २४
शनिबार, २८ मङ्सिर २०७६

एजेन्सी । अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिए ।

क्वाराबाघ जिल्लामा रहेको एउटा सुरक्षाचौकीमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाएपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको उनले बताए ।  

शनिबार विहानको समयमा घटना भएको अधिकारीले जानकारी दिएका छन् । घटनामा परी अरु दुई सुरक्षाकर्मी घाइते भएका छन् । Photo: Mujib Mashal/The New York Times

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप