बक्सिङका स्वर्ण पदकधारीलाई थप चार लाख
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप रु चार लाख पुरस्कार पाउने भएका छन् ।
यो उनीहरुले सरकारबाट पाउने रु नौ लाखभन्दा बाहेकको पुरस्कार रकम हो । तेह्रौँ सागमा नेपालका एक महिला तथा दुई पुरुष बक्सरले स्वर्ण पदक जितेका थिए ।
नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले रु एक लाख ५० हजार, नेपाल बक्सिङ सङ्घका मुख्य प्रशिक्षक प्रकाश थापामगरले रु एक लाख, नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले रु एक लाख तथा नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही रु ५० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।
यस्तै पूर्वबक्सिङ खेलाडी एवं राखेपका केन्द्रीय सदस्य राजेश गुरुङले स्वर्ण पदक प्राप्त बक्सिङ खेलाडीलाई एक एक तोला सुन प्रदान गर्ने बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिए ।
तेह्रौँ सागमा ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर, महिलातर्फ ५४ किलो तौल समूहमा मिनु गुरुङ तथा ६० किलो तौल समूहमा सनिल शाहीले स्वर्ण पदक जितेका थिए । नेपालले सन् १९९९ मा आठौँ सागमा बक्सिङमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक प्राप्त गरेको थियो ।
आफ्नो प्रदर्शनमा सुधार गर्दै नेपालले १३औँ सागमा बक्सिङमा तीन स्वर्ण, छ रजत तथा छ कास्य गरी १५ पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक भट्टले बताए । उहाँ आठौँ सागका समेत प्रशिक्षकसमेत हुन् । मुख्य प्रशिक्षक प्रकाश थापामगरले आठौँ सागमा स्वर्ण प्रदक जितेका थिए । आठौँ सागमा अर्को स्वर्ण उहाँकै भाई रामचन्द्र थापामगरले जितेका थिए । तेह्रौँ सागमा नौ खेलाडी फाइनल पुगे पनि तीन जनाले मात्र स्वर्ण पदक जित्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद