बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेष्ठ नागरिकलाई सम्मान

शनिबार, २८ मङ्सिर २०७६, २१ : ४४
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौँ । संगम समाजको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ का जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् । 

नेकपाका युवा नेता अनिल शर्माको विशेष आतिथ्यता रहेको कार्यक्रममा ९० वर्ष कटेका जेष्ठ नागरिकलाई विशेष सम्मान समेत गरिएको थियो । उनीहरुलाई माला, दोसल्ला र नगद पुरस्कारले सम्मान गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल बनाउन आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै जेष्ठ नागरिकको आवश्यकता र सहजताका लागि आफूले कुनै कसर बाँकी नराख्ने समेत बताए । 

यस्तै युवा नेता अनिल शर्माले जेष्ठ नागरिकले आफ्नो अनुभव युवापुस्तालाई हस्तान्तरण गर्ने र अहिलेका युवा तथा नयाँ पुस्ताले पनि जेष्ठ नागरिकलाई सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप